फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम ६ घण्टापछि सञ्चालनमा, भएको के थियो ?

काठमाडौँ । सोमबार रातिदेखि लगातार ६ घण्टा अवरुद्ध भएकाे सामाजिक सञ्जालहरु फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामकाे सेवा पुनः सुचारु भएको छ । सोमबार राति पौने १० बजेतिरदेखि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा पहुँच बन्द भएको थियो । फेसबुकको वेभसाइटमा आएको समस्याका कारण फेसबुक डाउन भएको बताइएको छ ।

हाल उक्त समस्या समाधान भइसकेको फेसबुकका मालिक मार्क जुकरबर्गले जनाएको छन् । यस्तै, फेसबुकका प्रवक्ता एन्डी स्टोनले ट्विटर गर्दै सेवा सुचारु गर्न आफूहरू लागि परेको जनाएका थिए ।

यी तीनवटै एप्समा फेसबुकको स्वामित्व छ। सुरुमा फेसबुक वेबसाइटमा समस्या आएको र म्यासेन्जरमा लेखिएका सन्देशहरू नदेखिएको, त्यसपछि ह्वाट्सएप र इन्स्टाग्राम एप्समा पनि उस्तै समस्या आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *