सञ्चारमाध्यमलाई सर्वोच्चले भन्यो- ‘न्यायपालिकासँग सम्बन्धित समाचार पुष्टि गरेर मात्रै छाप्नुस्’

काठमाडौँ । सर्वोच्च अदालतले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘मन्त्रिपरिषद्मा भाग खोजेको’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार (आज) प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भनेका छन्, ‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद् गठन एवम् विस्तारको विषयमा प्रधान न्यायाधीशलाई असान्दर्भिक रूपमा जोडेर अतिरिञ्जत एवम् भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुखद् र खेदजनक विषय हो । यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा न्यायपलिकासँग जोडिएको समाचारहरू संवेदनशील हुने र पुष्टि गरेर मात्रै प्रकाशन गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘मिथ्यापूर्ण, भ्रामक समाचारहरूको विश्वासमा नपर्न आमनागरिक सबैमा अनुरोध गर्दै न्यायपालिकासँग सम्बन्धित समाचारहरू प्रकाशन गर्दा सत्यतथ्य बुझी आधिकारिकता पुष्टि हुनेगरी समाचार प्रकाशन गर्नसमेत सञ्चारमाध्यमहरूमा सर्वोच्च अदालत आग्रह गर्दछ ।’

यसअघि विभिन्न सञ्चारमाध्यममा प्रधान न्यायाधीश जबराले ‘मन्त्रिपरिषद्मा भाग खोजेको’ भन्ने समाचार छापेका थिए । यसपछि आजै बिहान बार पदाधिकारीहरूले प्रधान न्यायाधीशलाई भेटेका थिए । बार पदाधिकारीहरूको जिज्ञासामा प्रधान न्यायाधीश जबराले ‘समाचारमा कुनै सत्यता छैन’ भनेर भनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *