असोज १८ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. असोज १८, २०७८ । ई.सं. 04 Oct, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ ञलगा । राक्षस, दक्षिणायन, शरद, । सोमवार आश्विन कृष्णपक्ष । तिथि- त्रयोदशी, १९:३० बजे उप्रान्त चतुर्दशी । नक्षत्र- पूर्वफाल्गुनी, २६:२७ बजे उप्रान्त उत्तरफाल्गुनी । योग- शुभ, १४:३७ बजे उप्रान्त शुक्ल । करण- गर ७:४८ बजेदेखि वणिज, १९:३० बजे उप्रान्त नाग । चन्द्रराशि सिंह । आनन्दादि योग ध्वज । दिनमान २९।२७ । सूर्योदय ५:५८ । सूर्यास्त १७:४५ । दोषव्रत, त्रयोदशीश्राद्ध, कलियुगादि;जुम्लामा चन्दननाथको लिंगोत्थान ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । मन पर्ने व्यक्तिलाई सहयोग गर्न पनि पाइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । सफल यात्रा पनि होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज चलाखीपूर्ण बोलीले अरूलाई प्रभावित पारेर काम बन्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर सेतो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा प्रसन्नता र उत्साह छाउला । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता पनि प्राप्त हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आकस्मिक धनलाभ हुनसक्छ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

नेपाली पात्रो/हाम्रो पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =