थप ५७९ जनामा कोरोना‚ १४०५ संक्रमणमुक्त

काठमाडौँ । नेपालमा आइतबार थप ६ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ७० पीसीआर परीक्षणका क्रममा ५ सय ७४ र ३ हजार ८ सय ५० एन्टीजेन परीक्षणका क्रममा १०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८९ हजार २ सय २६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार १ सय ६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार ४ सय ५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ६९ हजार २ सय २४ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १७ हजार ८ सय ४ सक्रिय संक्रमित आईसोलेसन र २ सय ५२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *