कोशीटप्पुको रैथाने हात्ती मकुना मृत फेला

सुनसरी । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्र रहेको रैथाने हात्ती ‘मकुना’ मृत अवस्थामा भेटिएको छ । कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालय नजिकको धानबारीमा मकुना मृत अवस्थामा भेटिएको हो ।

मकुनाको मृत्युको कारण भने पुष्टि हुन नसकेको र यसबारे अनुसन्धान भइरहेको आरक्ष कार्यालयले जनाएको छ । घटनास्थलमा आरक्ष र नेपाली सेनाको टोली पुगिसकेको छ ।

बस्तीमा निस्किएर मानिसहरूको ज्यान लिएको भन्दै सुनसरी प्रशासनले हात्ती मार्ने योजना बनाए पनि चौतर्फी विरोध भएपछि निर्णय कार्यान्वयन गरिएको थिएन ।

‘मकुना’ भाले हात्ती हो । आरक्ष कार्यालयले नै दाह्रा नभएको मकुनालाई आफ्नो क्षेत्रको नायक रहेको बताउँदै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *