पौडेलको टिप्पणी

‘ओली तानासाह हुन्, आत्मप्रशंसामा रमाउँदैछन्’

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । नेता पौडेलले ओलीलाई तानासाह भनेका छन् । ‘एमालेको विधान अधिवेशन चलिरहेको छ,’ तनहुँ आएका नेता पौडेलले भने, ‘अधिवेशनमा जताततै ओलीका फोटैफोटो राखिएका छन् । पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारी कसैका तस्बिरक छैनन् । पानीका बोतलमा समेत फोटो टाँसेर बाँडिएका छन् । तानासाहले हो यसरी आत्मप्रशंसा चाहने । ओली आत्मप्रशंसामा रमाइरहेका छन् ।’

नेता पौडेलले ओलीले मुलुकलाई तानासाही बाटोमा धकेल्न खोजेको समेत बताए । आफूले त्यसविरुद्ध आन्दोलन शुरू गरेको उल्लेख गर्दै नेता पौडेलले भनेका छन्, ‘हामीले त्यसबाट बचायौँ । सिङ्गो नेपाललाई निल्न खोजेका थिए । हामीले तनहुँबाटै चुनौती दिएका हौँ । यो तानासाही सर्वसत्तावाद चल्दैन भनेर बन्दीपुरबाट मैले चुनौती दिएको थिएँ ।’

नेता पौडेलले लोकतन्त्रको रक्षाका लागि लड्न नै आफूले राष्ट्रपति पद अस्वीकारसमेत बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *