ओलीको प्रतिवेदन- ‘नयाँ युगतर्फको यात्रा गन्तव्यहीन बनेको छ’ (पूर्णपाठ)

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ युगतर्फको यात्रा गन्तव्यहीन बन्न पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शुक्रबार (आज) बाट शुरू भएको प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

ओलीले आफ्नो नेतृत्वमा सरकार गठन हुँदा देखिएको उत्साह अहिले आएर सेलाएको बताएका छन् । ‘०७४ फागुन ३ गते हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन हुँदाको उत्साहपूर्ण वातावरण र परिस्थिति, नयाँ प्रणाली संविधानतः संस्थागत हुँदै गरेको अवस्था, बहुमतको सरकारले खडा गरेको राजनीतिक अस्थिरताको आधार, सुरुवात हुँदै गरेको समृद्धिको यात्रामा आज अवरोध सिर्जना हुँदै गरेको छ,’ प्रतिवेदनमार्फत ओलीले भनेका छन्, ‘नयाँ युगतर्फको यात्रा गन्तव्यहीन बन्न पुगेको छ ।’

यस्तै ओलीले पछिल्ला राजनीतिक घटनाक्रमहरूले विगत केही वर्षयता भएका राजनीतिक उपलब्धीहरूलाई उल्ट्याउन खोजिएको बताएका छन् । ‘सरकार बदल्ने मात्रै होइन,’ प्रतिवेदनमार्फत ओलीले भनेका छन्, ‘पछिल्ला राजनीतिक घटनाक्रमहरूको उन्तरनिहित उद्देश्य विगत केही वर्षको अथक प्रयासबाट तयार गरिएको र अगाडि बढाइएको राष्ट्रिय हितको रक्षा र स्वाभिमान वृद्धिका उल्ट्याउने कुरामा केन्द्रित छ । लोकतन्त्रको सुदृढिकरण र यसलाई जनताको जीवनसँग अभियानलाई असफल बनाउने उद्देश्यमा लक्षित छ ।’

यस्तै छुट्टै प्रसङ्गमा ओलीले माधवकुमार नेपाललाई छाड्ने नेताहरूलाई धन्यवाद दिएका छन् । ओलीले भनेका छन्, ‘माधवको योजना बुझेर बेलैमा छाड्नेलाई धन्यवाद छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *