एमाले विधान महाधिवेशन

खोकीका कारण ओलीले सम्बोधन टुङ्ग्याउन सकेनन्

काठमाडौँ । नेकपा (एमाले) को पहिलो विधान महाधिवेशन शुक्रबार (आज) देखि ललितपुरको सनराइज सम्मेलन केन्द्रमा भइरहेको छ, जसको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर गरिसकेका छन् ।

उद्घाटनपछि ओलीले सम्बोधन भाषण गरे । तर, उनले आफ्नो सम्बोधन टुङ्ग्याउन सकेनन् । अस्वस्थताका कारण ओलीले सम्बोधन टुङ्ग्याउन नसकेको कार्यक्रम सञ्चालकले जानकारी गराए ।

तत्पश्चात् ओलीले आफूलाई रुघाखोकीको समस्या रहेको भन्दै शंकर पोखरेललाई आफ्नो लिखित भाषण पढ्ने जिम्मा सुम्पिए । लगत्तै ओली आफ्नो आसनमा गएर बसेका छन् भने पोखरेलले ओलीका तर्फबाट लिखित भाषण बाचन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *