क्रिकेटर सन्दीप लामिछानेलाई जरिवाना

काठमाडौँ ।

क्रिकेटर सन्दीप लामिछानेमाथि जरिवाना भएको छ । क्रिकेटर लामिछानेलाई एभरेष्ट प्रिमियर लिग (ईपीएल)ले जरिवाना गरेको हो । काठमाडौँ किंग्स ११ का कप्तानका खेलेका उनलाई  चितवन टाइगर्सविरुद्ध खेलमा ‘स्लो ओभर रेट’ का कारण १० प्रतिशत ‘म्याच फि’ जरिवाना गरिएको बताइएको छ ।

म्याच रेफ्री मोहम्द शफिकलेउक्त जरिवाना तोकेका हुन् । त्यस्तै बाँकी खेलाडीहरूलाई पनि ‘म्याच फी’ को २ प्रतिशत जरिवाना गरिएको छ । जारी प्रतियोगितामा स्लो ओभर रेटका कारण कारबाही पर्ने सन्दीप पहिलो कप्तान हुन्।

बिहीबारको खेलमा काठमाडौँ चितवनसँग ३ विकेटले पराजित भएको थियो । सन्दीप लामिछानेले ईपीएलमा पहिलो पटक कप्तानी गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *