दुई जितसँगै चितवन शिर्ष स्थानमा

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा दोस्रो जित निकालेसँगै चितवन टाइगर्स तालिकाको शिर्ष स्थानमा उक्लेको छ ।

कीर्तिपुरमा भएको खेलमा बिहीबार चितवनले काठमाडौं किङ्स-११ लाई ३ विकेटले हरायो । १ सय ४२ रनको लक्ष्य चितवनले १८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

चितवनको जितमा राजेश पुलामीले अविजित २६ र कमलसिंह ऐरीले अविजित २३ रन बनाए । दिलिप नाथले २३ र करिम जन्नतले २१ रनको योगदान गरे ।

काठमाडौँका जितेन्द्र मुखिया र रायन बर्लले २/२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । काठमाडौंका सुवास खकुरेलले ३५, राजु रिजालले २८  र जनक प्रकाशले २६ रन बनाए । चितवनका सागर ढकालले ४ तथा करिम जन्नतले दुई विकेट लिए ।

जितसँगै चितवनले २ खेलमा ४ अंक जोडेको छ ।  काठमाडौँ २ खेलमा २ अंक सहित चौंथो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *