क्रिकेट संघका उपाध्यक्ष र सचिवद्वारा राजीनामा दिएको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर दुवै जनाले राजीनामा दिएको घोषणा गरेका हुन् । सचिव प्याकुरेलले क्यानमा आउनुको आफूहरूको योजना र उद्देश्य पूरा भएकाले राजीनामा दिएको बताए ।

प्याकुरेलले भने‚ ‘मैले आईसीसीबाट क्यानको निलम्बन पूर्ण फुकुवा भएपछि राजीनामा दिने सोचेको थिएँ, अलि ढिला भयो । हामीले पहिलेको योजनाअनुसार नै राजीनामा गरेका हौँ ।’

क्यानको निर्वाचन भएको दुई वर्ष पूरा भएको छ । क्यानमा लामो समय आन्तरिक खिचातानी रहेको र यसले क्रिकेट विकासमा समस्या पारेको भनेर आलोचनामात्र होइन‚ अन्तरराष्ट्रिय क्रिकेट परिषद्ले क्यानलाई निलम्बन नै गरेपछि चुनाबबाट चतुरबहादुर चन्दको नेतृत्वमा क्यानका पदाधिकारी आएपनि सोचेजस्तो काम नभएको भन्दै क्रिकेट क्षेत्रबाट क्यानको चर्को आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *