नर्भिकले मुटुको जाँचमा १० प्रतिशत छुट दिने
२०७८ असोज १३ गते

काठमाडौँ । विश्व मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेसनल हस्पिटलले विभिन्न उपचार प्याकेजहरूमा छुटको अफर सार्वजनिक गरेको छ ।
नर्भिक अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरुमा १० प्रतिशत छुटको घोषणा गरेको हो ।
यो अफरअन्तर्गत कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज प्लस, कार्डियाक प्याकेज वान र कार्डियाक प्याकेज टू लिँदा तिर्नुपर्ने शुल्कमा बिरामीले १० प्रतिशत छुट पाउनेछन् ।
यो अफर २९ सेप्टेम्बर(आज)देखि लागू भई २ अक्टूबरसम्म कायम रहने अस्पतालले जनाएको छ ।
२०७८ असोज १३ गते
प्रतिक्रिया
सम्बन्धित








