पीएसजी र सिटीको खेल आज : ग्वार्डिओलाको टिमलाई गोल थप्लान् मेस्सीले ?

काठमाडौँ । विश्व क्लब फुटबलमा सर्वाधिक लगानी रहेका दुई क्लब पीएसजी र म्यानेचस्टर सिटी आज च्याम्पियन्स लिगमा खेल्दैछन् । फ्रान्सेली क्लब पीएसजी र इङ्ग्लिस क्लब सिटीबीचको खेल नेपाली समयअनुसार मंगलबार मध्यराति पौने १ बजे सुरु हुनेछ ।

समूहचरणको दोस्रो खेलमा एकअर्कासँग खेल्न लागेका दुवै टोलीले जितका लागि हरसम्भव उपाय अपनाउनेछन् ।

दुवै टिम बलियो लयमा छन् । पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोलाई च्याम्पियन्स लिगमा स्टार खेलाडीको समन्वय मिलाउन पनि त्यतिकै मुस्कील हुनेछ । विश्वस्टार दुई गोलरक्षक केइलोर नाभास र जियानलुजी डोनारुमा रहेको क्लबमा कसले मौका पाउँछ भन्ने पनि महत्वपूर्ण हुनेछ ।

पोचेटिनोसँग लियोनल मेसी, नेयमा र र केलियन एमबाप्पे अग्रपंक्तिको मुख्य हतियारका रुपमा रहँदा इकार्डी, एन्जल डी मारियाजस्ता स्टारहरू पनि सँगै रहनेछन् । यसअघि क्लब ब्रगसँगको पहिलो खेलमा पोचेटिनोले मेस्सी, नेयमाबर र एमबाप्पेलाई उतारे पनि यी ‘फ्रन्ट थ्री’को समन्वय भने उत्कृष्ट देखिन सकेन । त्यसको व्यवस्थापन आजको खेलमा कसरी गर्ने भन्ने दबाब पनि पोचेटिन्होलाई छ ।

त्यसो त चोटको कारण देखाउँदै मेस्सी पछिल्ला दुई लिगमा उपस्थित रहेनन् । यद्यपि उनी सिटीसँगको खेलमा मैदान फर्केने विश्वास गरिएको छ ।

ग्वार्डिओलाको टिमविरुद्ध मेस्सीले गोल थप्लान् ?
विश्वमा लियोनेल मेस्सी र पेप ग्वार्डीओलाले कुनै समय एकसाथ रहँदा सर्वाधिक सफल सम्बन्ध बनाएका थिए । बार्सिलोनामा रहँदा खेलाडी र प्रशिक्षकका बिचमा सर्वाधिक सफल जोडी भनेको मेस्सी र ग्वार्डिओलाको थियो । उनीहरूले चार वर्ष सँगै रहँदा १४ ट्रफी जितेका छन् ।

उनीहरू जति समय सँगै रहे सिङ्गो युरोपेली फुटबलमा उनीहरूको रवाफ रह्यो । ग्वार्डिओलाले बार्सिलोना छाडेपछि च्याम्पियन्स लिगमा कुनै एक खेलाडीबाट धेरै गोल खाएका छन् भने ती खेलाडी मेस्सी नै हुन् । अहिले मेस्सी पनि बार्सिलोना छाडेर पीएसजी गएका छन् ।
पीएसजीबाट केही खेल खेलिसक्दा उनले गोल भने गर्न सकेका छैनन् । त्यसैले आज आफ्ना पूर्वप्रशिक्षकविरुद्ध उनले गोलको खाता खोल्ने प्रतीक्षा पनि उनका समर्थकहरूले गरेका छन् ।

PSG vs Man City Prediction And Odds: Man City likely to win in a close game - CrowdWisdom360

मेस्सीले चार च्याम्पियन्स लिग खेलमा ग्वार्डिओला प्रशिक्षक रहेको टीमविरुद्ध ६ गोल गरेका छन् । ग्वार्डिओलाले भनेका छन्‚ ‘मेस्सी अविश्वसनीय छन्, साँच्चिकै बलिया र छरिता छन्, मैले अभ्यास गराएका खेलाडीमध्येकै उत्कृष्ट । उनी सर्वकालीन महान खेलाडी हुन् । म उनलाई पेलेसँग तुलना गर्न मन पराउँछु ।’

ग्वार्डिओलाले मेस्सीसँगै बिताएको समय जीवनकालकै सर्वाधिक स्वर्णिम समय रहेको पनि बताएका छन् । उनले भने‚ ‘मेरो जीवनमा सर्वाधिक राम्रो समय मेस्सीसँग बिताएको समय हो‚ जति समय हामी सँगै रह्यौँ त्यो समय साँच्चिकै उत्कृष्ट समयका रुपमा रह्यो ।’
पीएसजी र सिटीको खेललाई बहुप्रतिक्षित मानिएको छ ।

मंगलबार राति नै एसी मिलानले एट्लेटिको म्याड्रिड, आयाक्स र बेसिकटास, इन्टर मिलान र सख्तर डोनेस्क तथा लिभरपुल र पोर्टोले प्रतिस्पर्धा गर्नेछन् । बुधबार भने म्यानचेस्टर युनाइटेड र भिल्लारियल खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *