सत्तारुढ गठबन्धनको बैठक : मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौँ । सत्तासीन गठबन्धनको बैठक आइतबार (आज) बसेको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीस्वरूप प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनेबारे छलफल भएको हो ।

बैठकमा सहभागी नेता महेन्द्र राय यादवकाअनुसार अब १/२ दिनभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ । ‘बैठकमा सबै विषयमा छलफल भयो,’ नेता यादवले भने, ‘मन्त्रिपरिषद्लाई चाँडोभन्दा चाँडो कसरी पूर्णता दिन सकिन्छ भन्नेमा हामी फोकस भयौँ । केही दिनभित्रै हुन्छ । मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, यसबारे निर्णय गर्ने अधिकार शीर्ष नेताहरूलाई नै छ ।’

बैठकमा छलफलका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँगै सत्तासाझेदारी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *