कांग्रेसका ५ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक, डोल्पामा निर्वाचन अधिकृत खटाइयो

काठमाडौँ । कांग्रेसले थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । १४औं महाधिवेशनका लागि गठन भएको केन्द्रीय निर्वाचन समितिले डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाका क्रियाशील सदस्यको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

यससँगै ६९ जिल्लाको सदस्यता सार्वजनिक भएको छ भने अब ८ जिल्लाको सदस्यता प्रकाशित हुन बाँकी रहेको छ । निर्वाचन समितिले हिमाली जिल्ला डोल्पामा भने निर्वाचन अधिकृत समेत खटाएको छ ।

बाँकी जिल्लामा भने एकैसाथ कार्यतालिका प्रकाशित गरेर अधिवेशनको प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिकाअनुसार डोल्पासहित हिमाली जिल्लामा दशैंअगावै जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गर्ने उदेश्य छ ।

तीबाहेकमा भने दशैं अगाडि पालिका तहसम्मको मात्रै अधिवेशन सम्पन्न गर्ने लक्ष्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *