मोर्चाको तर्कः

‘गणतन्त्र फेल भइसक्यो’

काठमाडौँ । जनआन्दोलन मोर्चाले गणतन्त्र फेल भइसकेको बताएको छ । मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलले शनिवार (आज) रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै भने, ‘अब संवैधानिक राजसंस्था चाहिन्छ । गणतन्त्र फेल भइसक्यो ।’

गणतन्त्रले जनताको सुरक्षा गर्न नसकेको अध्यक्ष लुइँटेलको भनाइ थियो । ‘यो गणतन्त्रले जनताको सुरक्षा गर्न सक्दैन,’ अध्यक्ष लुइँटेलले भने, ‘जनताको सेवा र सुरक्षामा लागेको भए सायद गणतन्त्र अझै बलियो हुँदै जान्थ्यो होला । तर, आज गणतन्त्र र लोकतन्त्र भन्ने नेताहरू नै अलोकतान्त्रिक भएका छन् । अब यो फेल भइसक्यो ।’

000

मोर्चाले असोज ११ गते बृहत् प्रदर्शन गर्ने भएको छ । विसं २०७२ को संविधान खारेजीसँगै संवैधानिक राजसंस्था कायम गर्न भन्दै मोर्चाले प्रदर्शन गर्न लागेको हो ।

संविधानमा उल्लेख गरिएका संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको नाममा सरकारमा बसेका दलले मुलुकलाई विदेशीको हातमा पुर्याइसकेको मोर्चाको ठहर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *