स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन अनेरास्ववियूको माग

काठमाडौँ । अनेरास्ववियूले स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन सरकारसँग माग गरेको छ । शुक्रबार (आज) विज्ञप्ति जारी गर्दै अध्यक्ष सुनिता बरालले महिलाले महिनावारीका बेला प्रयोग गर्ने स्यानिटरी प्याडको मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै निःशुक्ल उपलब्ध गराउन माग गरेकी हुन् ।

विद्यार्थीलाई निःशुल्क र अनिवार्य स्यानिटरी प्याड उपलब्ध गराउन माग गर्दै अनेरास्ववियुले स्यानिटरी प्याडमा लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट तत्काल खारेज गर्न सरकारसँग माग गरेको हो । ‘विश्वको करिब चार अर्ब र नेपालका करिब एक करोड पचास लाख महिलाले प्रयोग गर्ने सेनेटरी प्याडमा वर्तमान सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याटप्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान परिस्थितिमा स्यानिटरी प्याड महिलाको विलासिता नभइ आवश्यकता हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *