आईपीएलमा आज : धोनीविरुद्ध विराट

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को १४ औँ संस्करणको दोस्रो चरणमा शुक्रबार महेन्द्रसिंह धोनीको चेन्नई सुपर किङ्ग्स र विराट कोहलीको रोयल च्यालेन्जर्स बेंगलोर खेल्दैछन् । ८ खेलबाट १२ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको चेन्नईले आज जिते पुन: शीर्ष स्थानमा उक्लनेछ ।

बेंगलोर भने अघिल्लो खेलमा कोलकातासँगको पराजय बिर्साउने प्रयासमा हुनेछ । कप्तान विराट यो टी-२० मा १० हजार रन पूरा गर्ने संघारमा समेत छन् । उनी टी-२० क्रिकेटमा १० हजार रन पूरा गर्न अब ६६ रन टाढा छन् । अहिलेसम्म कुनै पनि भारतीय खेलाडीले टी-२० मा यो आँकडा पूरा गर्न सकेका छैनन् । उनी यसअघि एकै क्लबबाट २००औँ आईपीएल खेल्ने पहिलो खेलाडी बनिसकेका छन् ।

आईपीएल २०२१ को फेज १ मा ग्लेन म्याक्सवेल र एबी डिविलियर्सले राम्रो ब्याटिङ गरेका थिए । तर कोलकाताविरुद्धको दोस्रो फेजको आफ्नो खेलमा भने दुवैले राम्रो खेल्न सकेनन् । कोहली पनि मात्र ५ रनमा आउट भए । चेन्नईलाई चुनौती दिने हो भने बेग्लोरले ब्याटिङमा सुधार ल्याउनै पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *