गगन भन्छन्- कांग्रेस पुनःनिर्माणतर्फ सोचौँ

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टीभित्रको बेथिति हटाउन कांग्रेस पुनःनिर्माण गर्नुपर्ने बताएका छन् । ‘अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं । कांग्रेस पुनःनिर्माण,’ थापाले आफ्नो आधिकारिक फेसबूकमार्फत भनेका छन् ।

कांग्रेस महाधिवेशन सार्ने विषयले पदाधिकारी बैठकमा प्रवेश पाएकोतर्फ संकेत गर्दै थापाले नेतृत्वमा बस्नेले कहिल्यै विधिमा चल्नुनपर्ने र बेथितिको जिम्मा लिनुनपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् ।

त्यसअघि थापाले लेखेका छन्, ‘नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने । सजिलो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *