थप १४७६ जनामा कोरोना‚ १५५० संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६९० जनाको पीसीआर र एन्टीजेन परीक्षणमा एक हजार ४७६जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार ५७५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ र पाँच हजार ११५ जनाको एन्टीजेन परीक्षण गर्दा ३७३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर एक हजार ५५० जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा नौ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर २० हजार २८७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १८ हजार ९६९ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार ३१८ संक्रमित छन् भने ३४६ जना आइसीयूमा र १०५ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । देशभर २४४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर एक लाख ७२ हजार ५९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *