एमालेको १० बुँदे प्रस्ताव : तेस्रो धार असन्तुष्ट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तेस्रो धार १० बुँदे सहमति प्रस्तावनाको कार्यान्वयनलाई लिएर असन्तुष्ट भएको छ । शुक्रबार (आज) बसेको एमाले केन्द्रीय कमिटी बैठकमा भीम रावललगायतका नेताहरू असन्तुष्ट जाहेर गरेको एक नेताले बताए ।

१० बुँदे सहमति प्रस्तावना कार्यान्वयनको लागि जारी भएको अन्तरपार्टी निर्देशन (अपानि) को समीक्षा गर्नसमेत रावलको माग थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने यसबारे स्थायी कमिटीमा छलफल गर्ने आश्वासन दिँदै केन्द्रीय कमिटीमा कुरा नगर्ने भनेका छन् ।

२७ असारमा भएको १० बुँदे कार्यान्वयन गर्ने सहमतिपछि माधवकुमार नेपाल समूहमा रहेका दोस्रो पुस्ताका नेताहरु एमालेमै बसेका थिए । अहिले नेकपा (एकीकृत समाजवादी) को अध्यक्ष रहेका नेपालले तेस्रो धार ढिलोचाँडो आफैंसँग आउने बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *