एमाले बैठक शुरू, विधान मस्यौदामाथि छलफल हुँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय बैठक शुरू भएको छ । बैठकमा सहभागी हुन एमाले नेताहरू च्यासलस्थित तुल्सीलाल स्मृति भवन पुगेका छन् ।

बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुने केन्द्रीय सदस्य तथा कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

तामाङकाअनुसार सम्भवतः यही बैठकले सबै विषयहरूको पारित गर्नेछ । ‘अगाडि छलफल हुन्छ,’ तामाङले भने, ‘बैठकमा छलफल भएपछि नेताहरूले आ–आफ्नो भनाइ राख्नुहुन्छ । त्यसपछि यी विषयहरूको पारित हुनसक्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *