ब्राउनसुगरसहित ३ जना पक्राउ

काठमाडाैँ । झापाका २ छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीवार राति अर्जुनधाराबाट २ र दिउँसो मेचीनगरबाट १ भारतीय नागरिकलाई ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-११ बसपार्कस्थित एक होटलबाट पाँचथर फिदिमका २७ वर्षीय रोशन सुवेदी र २८ वर्षीय सुमन कार्कीलाई ६ ग्राम ७०० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको उनले बताए ।

बिहीवार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ स्थित तुर्केनीखेल मैदान छेउबाट भारत दार्जिलिङका २४ वर्षीय रतन सिंहलाई ५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 10 =