ईपीएलमा पोखरेली टीमको दाबी- उपाधि हाम्रै हो

पोखरा । एभरेस्ट प्रिमियर लिगको उपाधि आफूहरूले जित्ने पोखरेली टिमले दाबी गरेको छ । बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी ‘पोखरा राइनोज’ले आफ्नो प्रतिस्पर्धा उपाधिका लागि हुने बताउँदै आफूहरूले उक्त प्रतिस्पर्धा जित्ने दाबी गरेको हो ।

‘टीम मजबुत छ । अक्सनदेखि नै हामीले ध्यान पुर्‍याएका छौँ,’ टीम म्यानेजर दीपासिंह अग्रवालले भनिन्, ‘अलराउन्डर खेलाडीको वर्चस्व छ । जीत हाम्रै हो ।’

जम्प नेसनको स्वामित्वमा रहेको राईनोजले विगतका कमजोरीलाई सुधार्दै आधुनिक हिसाबले प्रशिक्षण दिएको जनाएको छ । टीममा प्रमुख प्रशिक्षक उमेश पटवाल हुन् भने बलिङ्ग प्रशिक्षकमा शक्ति गौचन र फिल्डिङ् कोच रिजन प्रजु छन् ।

राष्ट्रिय टोलीका बिनोद भण्डारीको नेतृत्वमा रहेको राईनोजले ४ विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा दक्षिण अफ्रिकाका रिचार्ड लेभी, वेष्ट ईन्डिजका केसरिक विलियम, श्रीलङ्काका असेला गुणरत्ने र साहान अरचसिँगे छन् ।

प्रतियोगिता शनिबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *