टी-२० विश्वकपबाट अफगानिस्तान बाहिरिन सक्ने

काठमाडौँ । आउँदो अक्टोबरमा हुने तय भएको टी-२० विश्वकपमा अफगानिस्तानले भाग लिने/नलिने भन्नेबारे अन्योल बढ्दै गएको छ । तालिबानको सरकार बनेसँगै अफगानिस्तानको क्रिकेट बोर्डका शीर्ष अधिकारीहरूलाई पदबाट हटाइएको छ । साथै महिलालाई क्रिकेट खेल्न प्रतिबन्ध लगाइएको छ ।

अफगानिस्तानको क्रिकेट बोर्डका कार्यकारी निर्देशक हामिद शिनवानीको स्थानमा नसीबुल्लाह हक्कानीलाई ल्याइएको छ । यस्तै तालिबान सरकारले अफगानिस्तानको नभई तालिबानको झण्डामुनि खेल्न दबाब दिँदै आएको छ । यदि यस्तो भएमा अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अफगानिस्तानलाई प्रतिबन्ध लगाउने पक्का हुनेछ ।

आईसीसीका एक अधिकारीको भनाइ उद्धृत गर्दै अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूले अफगानिस्तानको विश्वकप सहभागिता नै अन्योलमा रहेको बताएको जनाएका छन् ।

अहिले आईसीसीले अफगानिस्तानमा बढ्दो गतिविधिको निगरानी गरिरहेको छ । सामान्य अवस्थामा आईसीसीले कुनै क्रिकेट बोर्डलाई प्रतिबन्ध लगाउँदा खेलाडीलाई त्यसको असर नपरोस् भनेर खेलाडीमाथि भने प्रतिबन्ध नलगाउने गरेको छ । तर अफगानिस्तानमा बढ्दो तालिवान गतिविधिले अफगानिस्तानमाथि प्रतिबन्धको दबाब भने बढेको छ ।

यद्यपि अहिले नै आईसीसीले कुनै कदम चालेको भने छैन । अफगान खेलाडीहरू आईसीसीले प्रतिबन्ध नलगाओस् भन्ने चाहने भएकाले फक्रँदो अफगान क्रिकेट सकेसम्म नओइलाओस् भनेर कुनै निर्णय नगरिएको खबरहरूमा उल्लेख गरिएको छ । यद्यपि तालिबानको बढ्दो उग्रताका कारण प्रतिबन्ध नजिकिँदो रहेको पनि जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *