पत्रकार प्रकाश अब पूर्णकालीन राजनीतिमा

काठमाडौँ । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्षमा प्रकाश खालिङ चयन भएका छन् । गत मंगलबार प्रदेश नं. १ का इन्चार्ज राम कार्कीको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष गोम्बु शेर्पाको अध्यक्षतामा सम्पन्न भर्च्यूअल बैठकले खालिङलाई अध्यक्ष पदमा चयन गरेको हो ।

विसं ०५९ सालमा अनेरास्ववियु क्रान्तिकारी बासाखाली माविको सचिव भएर विद्यार्थी राजनीतिमा होमिएका खालिङ जनसांस्कृतिक एरियामा आबद्ध हुँदै ०६४ सालमा काठमाडौँको आरआर क्याम्पस अनेरास्ववियु क्रान्तिकारीको कमिटी सदस्य भएका थिए ।

त्यसपछि व्यवसायिक पत्रकारितामा जोडिएका खालिङ क्रान्तिकारी पत्रकार संघ, प्रेस सेन्टरको प्रदेश नं. १ को सहसचिव, एमाले र माओवादी एकतापछि प्रेस संगठन नेपालको प्रस्तावित केन्द्रीय सदस्यसमेत हुन् ।

माओवादी केन्द्रले विधान संशोधन गरेपछि स्थानीय तह, प्रदेश र केन्द्रीय कमिटीलाई कार्यकारी बनाउने र जिल्लालाई समन्वय समिति मात्रै बनाएपछि जिल्ला समन्वय समितिको सदस्य तथा प्रचार विभाग प्रमुखसँगै माप्यदुधकोशी गाउँपालिका कमिटीको अध्यक्षमा खालिङ निर्विरोध निर्वाचित भएका हुन् ।

000

करिब एक दशक मूलधारको सञ्चारमाध्यममा पत्रकारिता गरेका खालिङ अब भने सक्रिय पत्रकारिता छाडेर पूर्णकालीन राजनीतिमा लागेका छन् ।

खालिङले आर्थिक दैनिक, न्यूज–२४ टेलिभिजन, यस टेलिभिजन, कोशी मासिक, गन्तव्य नेपाल साप्ताहिकलगायतका सञ्चारमाध्यममा पत्रकारिता गरेका थिए । खालिङले मिडिया उद्यमीका रूपमा शिखर मिडिया ग्रूपबाट प्रकाशित शिखर पोष्ट मासिक, शिखर टेलिभिजन र शिखर अनलाइन पत्रिका पत्रकारिता र उद्यमशीलताको अध्यास गरेका छन् ।

मिडिया उद्यमीसमेत रहेका खालिङ पत्रकारितालाई पेशा र व्यवसाय बनाएर क्रियाशील रूपमा काम गर्दा प्राप्त सफलता र अनुभवलाई लिएर सक्रिय राजनीतिमा मकालुखबरलाई बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *