प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकारमा पूर्वसचिव जनार्दन नेपाल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशासनिक सल्लाहकारमा पूर्वसचिव जनार्दन नेपाल नियुक्त भएका छन् ।

निजामती सेवामा साढे ३ दशक बिताएका नेपाल प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकार नियुक्त भएको प्रधानमन्त्रीका मूख्य स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

वाणिज्य, गृहलगायत मन्त्रालयमा सचिव भएका थिए । उनले सात वर्षअघि अवकाश पाएका थिए । काभ्रेका नेपालले शिक्षा र गृह मन्त्रालयअन्तर्गत रहेर धेरै समय काम गरेका थिए ।

नेपालका बुबा टंकनाथ शास्त्री नेपाली कांग्रेस काभ्रेका उपसभापति भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *