दिल्लीलाई शीर्ष स्थानमा पुग्ने अवसर

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) आज दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादसँग खेल्दैछ । युवा खेलाडीको बाहुल्य रहेको दिल्लीले जारी सिजनको पहिलो चरणमा राम्रो प्रदर्शन गरेको थियो ।

दिल्लीको कप्तानी ऋषभ पन्तले गर्नेछन् । दोस्रो चरणका खेल भइरहेको यूएईमा यी दुई टीम पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका छन् । शिखर धवन र पृथ्वी शा दिल्लीको मुख्य ब्याटसम्यानका रुपमा रहनेछन् । स्टार खेलाडी भएर पनि संघर्षरत हैदराबादका लागि केन विलियम्सन र डेभिड वार्नर नै मुख्य हतियारका रुपमा रहनेछन् ।

अंक तालिकामा दिल्ली १२ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको चेन्नईको पनि १२ अंक भए पनि रनरेटमा दिल्ली पछि छ । हैदराबाद भने अंक तालिकामा ७ खेलमा केवल १ जित निकालेर २ अंकका साथ पुछारमा अर्थात् ८ औँ स्थानमा छ । आजको खेल जिते दिल्ली तालिकाको शिर्ष स्थानमा उक्लनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *