किताबमा पालिका परिवारको फोटो !

पोखरा । स्याङजाको कालिगण्डकी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरेको छ । संविधानतः सबै पालिकाले आफ्नो विशेष पहिचान झल्कने पाठ्यक्रम बनाएर पढाउन पाउने व्यवस्था गरेबमोजिम कालिगण्डकीले पुस्तक तयार गरेको हो ।

पुस्तकको आवरणमा राखिएको फोटोबारे भने चौतर्फी आलोचना भएको छ । कभरमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित जनप्रतिनिधि र कर्मचारीहरूको फोटो राखिएको छ ।

पालिका अध्यक्ष खीम थापा भने पाठ्यपुस्तकको छपाइ भइनसकेको बताउँछन् । ‘यो डेमो हो । फाईनल होइन । किताब छाप्दैछौँ,’ उनले भने, ‘यो फोटो राख्दा कस्तो हुन्छ भनेर डिजाईन गरिएको हो । आलोचना भएपछि यसलाई हटाएर अर्को फोटो राख्छौँ ।’ उनले पुस्तक छपाइका लागि टेन्डर केहि दिनमा खोल्ने बताए ।

किताबभित्र कालिगण्डकी नदीको बहाव‚ स्थानीय संस्कृति, धार्मिक तथा ऐतिहासिक भूमिको चित्रण गरिएको उनको भनाइ छ । ‘बाहिर त्यस्तो भए पनि भित्र धेरै मेहिनत गरेर स्रोतहरू खोजेका छौँ । ४ दिनसम्म कार्यशाला गरेर अधिक ज्ञान दिने गरी पुस्तक बनाएका हौँ,’ उनले भने, ‘डोको नाम्लो बुन्ने कलादेखि ऐतिहासिक क्षेत्रहरूको बारेमा विद्यार्थीलाई ज्ञान दिन्छ ।’ अहिले कालिगण्डकी डाइभर्सन चर्चामा छ । गण्डकी प्रदेशले त्यसको विरोध गरिरहेको छ भने लुम्बिनीले स्वागत गरेको छ ।

कालिगण्डकीलाई धेरैले धार्मिक आस्थासँग जोडेर हेर्छन् । सोही नदीको नामबाट कालिगण्डकी गाउँपालिकाको नामाकरण गरिएको हो । स्थानीय पाठ्यक्रमसमेत कालिगण्डकीकै नामबाट ल्याउन लागिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *