१४७८ संक्रमित थपिए, १६३० कोरोनामुक्त

काठमाडौँ । नेपालमा बुधबार थप १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ११ हजार ६७ पीसीआर परीक्षणका क्रममा १ हजार २ सय ५१ जना र २ हजार ८ सय ६३ एन्टीजेन परीक्षणका क्रममा २ सय २७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७७ हजार ४ सय ३७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ११ हजार ५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ६ सय ३० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ५५ हजार ६ सय ३० संक्रमित निको भएका छन् ।

हाल नेपालमा २१ हजार १ सय ३९ सक्रिय संक्रमित आइसोलेसन र २ सय ४३ जना क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *