सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रीबारे छलफल हुने

काठमाडौँ । सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । मन्त्रिपरिषद् विस्तार गर्न नसकिरहेका बेला बस्न लागेको बैठकमा यहि विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

यसअघि कांग्रेसको सचिवालय बैठक तथा माओवादीको स्थायी समिति बैठक बसेर मन्त्रीहरूका बारेमा छलफल गर्ने तयारी छ । बैठकले बाँकी मन्त्रीहरूको नाम तय गर्न सक्ने नेताहरूले दाबी गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ साढे पाँच बजेका लागि बोलाइएको बैठकमा शीर्ष नेताहरू सहभागी हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

२९ असारमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले त्यसयता दुईपटक गरी एक मन्त्री र एक राज्यमन्त्री मात्र थप गरेका छन् । अहिले मन्त्रिपरिषद् ६ सदस्यीयमात्र छ । अढाई महिना बित्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेकोमा देउवाको चर्को आलोचना भइरहेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *