‘श्वेतशार्दुल : मदन भण्डारीको जीवन’ पुस्तक सार्वजनिक

काठमाडौँ । लेखक रमेश रुछेन राईद्वारा लिखित श्वेतशार्दुलः मदन भण्डारीको जीवन सार्वजनिक भएको छ । सांग्रिला बुक्सद्वारा प्रकाशित पुस्तक नेपाली राजनीतिका प्रखर पात्र मदन भण्डारीको जीवनमार्फत बाम राजनीतिको विगत हेर्ने एउटा प्रयास हो ।

राजनीति र विकासका अध्येता राई मोफलसलमा बसेर नेपाली राजनीति र विकासमा विगतको खोजी र वर्तमान निर्माणसम्बन्धी अध्ययनमा संलग्‍न छन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस्तकका लागि लेखकले गरेको मिहिनेत प्रशंसनीय रहेको बताए । लेखकले उल्लेख गरेका सन्दर्भ सामग्री, पुगेका ठाउँहरू, भेटेका मान्छेहरूले पुस्तकलाई तथ्यसँग नजिक्याएको उनको भनाइ थियो । मदन भण्डारीबारेमा अध्ययन, अनुसन्धान र खोज गरेर पुस्तक लेखेर लेखक राईले वामपन्थी आन्दोलनलाई गुन लगाएको उनको धारणा थियो ।

टिप्पणीकार पूर्वसभामुख दमननाथ ढुंगानाले नेपाली कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको योगदान बुझ्‍न युवा पुस्ताले यो पुस्तक पढ्नैपर्ने बताए । उनले व्यवहारिक राजनीति मदन भण्डारीको विशेषता भएको बताउँदै आजको वामपन्थी आन्दोलनलाई थुप्रै मदनहरूको आवश्यकता रहेको बताए ।

पुस्तकमा टिप्पणी गर्दै नेकपा (एमाले) की नेता विन्दा पाण्डेले मदन भण्डारीको जीवनी आजका पुस्ताले पढ्नैपर्ने सामग्री भएको र त्यसका लागि यो पुस्तक धेरै सहयोगी हुने बताइन् ।

लेखक राईले मदन भण्डारीका बारेमा लेखिन बाँकी धेरै भएकाले यो पुस्तक नै सबैथोक हो भन्‍ने भ्रममा आफू पनि नरहेको र अरुलाई पनि नरहन सचेत गराए । पुस्तकका लागि सहयोग गर्नै सबैमा आभार व्यक्त गर्दै राईले आलोचनात्मक टिप्पणी आश गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *