भक्तमान श्रेष्ठको अपहरणमा संलग्न पण्डित पक्राउ

काठमाडौँ । चितवन मेडिकल कलेजका तत्कालीन निर्देशक भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रहेको पुष्टि भएका राजेन्द्र पण्डित पक्राउ परेका छन् ।

श्रेष्ठको अपहरणमा संलग्न रहेकाे अभियोग पुष्टि गर्दै पुनरावेदन अदालत, हेटौंडा इजलासद्वारा ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएका पण्डितलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नुवाकोटबाट पक्राउ गरेको हो ।

उनी श्रेष्ठको अपहरणका मुख्य अभियुक्त मानिएका भीमसेन पण्डितका काकाका छोरा रहेकाे पनि प्रहरीले जनाएको छ । उनी अपहरण गरिएका श्रेष्ठलाई राख्ने घरको व्यवस्थापन गरेको अभियोग पुष्टि गर्दै सजाय तोकिएपनि फरार रहेका उनी नुवाकोटमा पक्राउ परेका  हुन् ।

रोहित पालिवाल र भीमसेनको समूहले ४ जेठ २०६७ मा अस्पतालबाट घर फर्किँदै गरेका श्रेष्ठलाई अपहरण गरि फिरौतीबापत् तीन किलो ६ सय ग्राम सुन लिएको थियो । पालिवाल भने पक्राउ गरिसकेका छन् । भिमसेन भने पक्राउ पर्न सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *