यो वर्षभित्र सबै नेपालीले कोभिडविरुद्धको खोप पाउँछन् : मन्त्री कार्की

काठमाडौँ । सरकारले यो वर्षभित्र सबै नेपालीलाई कोभिडविरुद्धको खोप लगाइसक्ने दाबी गरेको छ । सरकारका प्रवक्तासमेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको लक्ष्यअनुसार नै आगामी चैत मसान्तभित्र सबै नेपाली नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसकिने दाबी गरेका हुन् ।

सरकारले जनताको जीवन रक्षा गर्ने कामलाई पहिलो कर्तव्य सम्झेर सबै नागरिकलाई कोभिडविरुद्धको खोप पुर्यााउने अभियानलाई प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको मन्त्री कार्कीले दाबी गरे ।

मंगलबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स, एड्भोकेसी फोरम, एम्नेस्टी इन्टरनेसनल नेपाल, जुरी नेपाल र नेपाली पत्रकारहरूको अन्तरराष्ट्रिय सञ्जाल (ईन्जा) का पदाधिकारीहरूसँगको भेटमा उनले आफूहरू सरकारमा आउँदा मुलुकमा कोभिडको ठुलो आतङ्क रहेको र हाल त्यसलाई सामान्य अवस्थामा पुर्याआउन सरकार सफल भएको पनि बताए ।

देशमा राजनीतिक स्थिरता कायम गरी मुलुकलाई दिगो आर्थिक विकासको बाटोमा अगाडि बढाउन तथा सुशासनको प्रत्याभूति दिलाउन सरकार लागिपरेको भन्दै मन्त्री कार्कीले सरकारलाई साथ, सहयोग र समर्थन गर्न पनि सबैलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *