ओली सरकारले नियुक्त गरेका राजदूत फिर्ता बोलाइने

काठमाडौँ । सरकारले केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले राजनीतिक आधारमा नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिको सरकारले राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

यससँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालगायत अन्य देशहरूमा नियुक्त भएका राजदूतहरु फिर्ता हुनेछन् भने परराष्ट्र सेवाका राजदूत भने यथावत रहने कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारको निर्णयसँगै, निलाम्बर आचार्य-भारत, महेन्द्र बहादुर पाण्डे- चीन, युवराज खतिवडा-अमेरिका, लोकदर्शन रेग्मी-बेलायत, वंशीधर मिश्र- बंगलादेश, शर्मिला पराजुली ढकाल- ओमान, नारदनाथ भारद्वाज-कतार, दावा फुटी शेर्पा- स्पेन, निर्मलकुमार विश्वकर्मा-दक्षिण अफ्रिका, उदयराज पाण्डे- मलेसिया र अन्जन शाक्य-इजरेल फिर्ता हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *