थप १३३० जनामा कोरोना‚ १८३० संक्रमणमुक्त

काठमाडौँ । नेपालमा मंगलबार थप १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ६ सय २६ पीसीआर परीक्षणका क्रममा १ हजार ३६ जना र ३ हजार ९ सय ९६ एन्टीजेन परीक्षणका क्रममा २ सय ९४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७५ हजार ९ सय ५९ पुगेको छ । त्यस्तै कोरानाका कारण थप ५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५३ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १ हजार ८ सय ३० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ५४ हजार संक्रमित निको भएका छन् । हाल २१ हजार ५ सय २४ सक्रिय संक्रमित आईसोलेसन र २ सय ५० जना क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *