बुटवलका मेयर सुवेदीमाथि मुक्का प्रहार

काठमाडौँ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार भएको छ । मेयर सुवेदीमाथि स्थानीय एक पहिरो पीडितले मुक्का प्रहार गरेका हुन् । पहिरो अवलोकनका लागि गएका सुवेदीलाई स्थानीय एक युवकले मुक्का प्रहार गरेका हुन् ।

मेयरले बिनाकारण आफूमाथि मुक्का प्रहार गरेको बताएका छन् । ‘म अवलोकनका लागि गएको बेलामा बिनाकारण मुक्का प्रहार गर्यो,’ मेयर सुवेदीले भने, ‘मैले समस्याको सम्बोधन सधैं गरिरहेका छु ।’ केही दिनअघि वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए ।

प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थपनाका लागि ध्यान नदिएको भन्दै आक्रोशित युवा गणेश पंगेनीले मेयरमाथि मुक्का प्रहार गरेका हुन् ।  प्रभावित क्षेत्रको अवलोकन गरिरहेका मेयरलाई पंगेनीले मुक्का प्रहार गरेपछि सुरक्षाकर्मीले बचाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *