लोसपाले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने भएको छ । अहिलेको संविधान अपूर्ण भएकाले त्यसको संशोधनको माग गर्दै देशभर कालो दिनका रुपमा मनाउने निर्णय भएको नेता केशव झाले जानकारी दिए । ‘हामीले सुरु देखिनै संशोधनको माग गरेका हौँ । तर छ वर्ष भइसक्यो । अहिलेसम्म हाम्रो मागको सुनुवाई भएको छैन । संविधानमा अहिलेसम्म पनि संशोधन भएको छैन,’ उनले भने, ‘त्यसैले हामीले संशोधन माग गर्दै देशभर कालोदिनको रुपमा मनाउने र संविधानको पूर्णताका विषयमा विचार गोष्ठी गर्ने निर्णय गरेका छौँ ।’

नेता झाकाअनुसार पार्टीको बागमती प्रदेश समितिले बबरमहलस्थित केन्द्रीय कार्यालयमा ‘शहीदको बलिदानी एवम् संविधानको पूर्णता’ विषयमा  विचार गोष्ठी आयोजना गरेको छ । सबै प्रदेश र जिल्लामा पनि विचार गोष्ठीहरु गरिने र  पार्टीका नेताहरुले सम्बोधन गर्ने नेता झाले जानकारी दिए ।

काठमाडौँमा हुने कार्यक्रममा नेताहरू शरतसिंह भण्डारी र नेता अनिलकुमार झाले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *