अनेरास्ववियुको अध्यक्षमा बराल चयन

काठमाडौँ । नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छन् । शनिबार (आज) भएको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन् । अध्यक्ष ऐन महरसहित पदाधिकारीले भने विद्यार्थी संगठनबाट बिदा लिएका छन् ।

५ वर्षअघि सम्पन्न २२औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष नविना लामा नेकपा एकतासँगै विदा भएर ऐन महर अध्यक्ष बनेका थिए ।  शनिबार (आज) बाट महरसमेतले विद्यार्थी राजनीतिबाट बिदा लिएका छन् ।

अध्यक्षको लागि रश्मी आचार्य र बर्तौला पनि आकांक्षी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *