१,०६६ संक्रमित थपिँदा १,२३४ कोरोनामुक्त

काठमाडौँ । नेपालमा शनिबार थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ५ सय ४० पिसिआर परीक्षणका क्रममा ८ सय ३५ जना र २ हजार ८ सय १८ एन्टीजेन परीक्षणका क्रममा २ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७२ हजार ८ सय पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

त्यस्तै थप १ हजार २ सय ३४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ८३ हजार ९ सय १० जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल २५ हजार ८२ सक्रिय संक्रमित आइशोलेशन र २४६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *