पूर्वी चितवनमा एक पुरुषको हत्या, छिमेकी पक्राउ

काठमाडौँ । पूर्वी चितवनको राप्ती नगरपालिकामा एक जनाको हत्या भएको छ । नगरपालिका-९ स्थित शीतल टोलका ५८ वर्षीय कान्छा लामाको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीका अनुसार कान्छाको हत्यामा संलग्न भएको आरोपमा छिमेकी दशरथ ठकुरीलाई पक्राउ गरिएको छ । शुक्रबार बेलुका उनीहरूले सँगसँगै खानपिन गरेको र सोही क्रममा विवाद हुँदा दशरथले आक्रमण गरेको प्रहरीको भनाइ छ ।

मृतकको शवलाई भरतपुर अस्पताल राखिएको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *