बँदेललाई थापेको विद्युतीय पासोमा परेर एकै परिवारका तीनको मृत्यु

काठमाडौँ । बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर तीन जनाको मृत्यु भएको छ । गएराति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाका अनुसार मृतक तीनै जना एकै परिवारका हुन् । बँदेल मार्नका लागि राखेको करेन्टको पासोमा परेर ठाकुरबाबा नगरपालिका-३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको मृत्यु भएको हो ।

पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रोकायाले बताए  धानबालीमा जङ्गली हात्ती, बँदेल लगायतका वन्यजन्तुले क्षति पुर्‍याउन थालेको भन्दै करेन्ट प्रवाह गर्दा यसअघि करेन्ट लागेर दुई वटा हात्ती र एक जना युवाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *