सुदूरपश्चिममा नेकपा (एस)कादुई मन्त्री नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा तारालामा तामाङ नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट तामाङ आर्थिक मामिला मन्त्री नियुक्त भएका हुन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार (आज) तामाङलाई आर्थिक मामिलामन्त्रीमा नियुक्त गरे । त्यस्तै मुख्मयन्त्री भट्टले आर्थिम मामिला तथा योजना राज्यमन्त्रीमा माया तामाङबोहरालाई नियुक्त गरेका छन् ।

मन्त्री नियुक्तपछि मन्त्रीद्वयले शुक्रबार नै शपथ लिएका छन् । मन्त्री तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादव र राज्यमन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले सपथ ग्रहण गराएका हुन् ।

भदौ २२ गते अहिले एमालेमै रहेका आर्थिक मामिलामन्त्रीबाट प्रकाशबहादुर शाह र राज्यमन्त्रीबाट अर्चना गहतराजले पदबाट राजीनामा दिएपछि मन्त्री पद रिक्त थियो ।

तामाङ एमालेका पूर्वप्रमुख सचेतक हुन् भने माया तामाङ बोहरा यसअघि नेकपा विवाद हुँदा ओली पक्षमा थिइन् । माधव नेपाल समूहले नेकपा (एस) गठन गरेपछि तामाङले नयाँ पार्टीमा सनाखत गरेकी थिइन् ।

सुदूरपश्चिममा नेकपा (एस) र माओबादी केन्द्रको संयुक्त सरकार छन् । प्रदेशमा १४ सांसदसहित नेकपा (एस) सबैभन्दा ठूलो दल हो । माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, एमालेका १० र जसपा र लोसपाका एक/एक सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *