मोटरहेडको ‘टेकेन आर २५०’ मोटरसाइकल नेपाली बजारमा

काठमाडौं । मोटरहेड मोटरसाइकलको नेपालको लागि अधिकृत विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले नेपाली बजारमा २५० सीसीको मोटरहेड नयाँ टेकेनआर मोटरसाइकल सार्वजनिक गरेको छ ।

नेपाल अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद दुलाल, एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरे, एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिका अध्यक्ष लोक हर्ष शाक्य, एसएलआर टेक्नो एण्ड टेड प्रालिका निर्देशक सुगम घिमिरेलगायतले उक्त मोटरसाइकलको शुक्रबार एक कार्यक्रमका बीच नेपाली बजारमा सार्वजनिक गरेका हुन् ।

कम्पनीका जनरल म्यानेजर उज्वल जोशीका अनुसार नयाँ टेकेन आर २५० को मूल्य नेपाली बजारमा हालका लागि ४ लाख ५ हजार रुपैयाँ तोकिएको छ । सीमित समयका लागि मात्रै यो मूल्य लागू हुने उनले बताए ।

यो मोटरसाइकल दुई आकर्षक रंग र ग्राफिक्समा उपलब्ध रहेको र हरेक सडकलाई पार गर्ने गरी अफरोड बाइकको रुपमा यसलाई बजारमा ल्याइएको छ ।

यसको विकसित इन्जिन कडा चेसिस फ्रेम, शानदार ग्राफिक्स, स्टाइलिश हेडलाइट्स, राम्रो डिजाइन जस्ता अनेक विशेषता रहेको कम्पनीले जनाएको छ । डबल डिस्क ब्रेक र आरामदायक सिट रहेकोले युवाको आकर्षण देखिने कम्पनीले जनाएको छ ।

एसजी समूहको सहायक कम्पनी एसएलआरले चिनियाँ ब्रान्ड मोटरहेडका मोटरसाइकलहरु आयात गरी बिक्री वितरण गर्दै आएको छ । समूहको एक सहायक कम्पनी हो, जसले विश्वमै परिचित अफ रोड मोटरसाइकलहरु चीनबाट आयात गर्दछ ।

एसएलआरले मोटरहेड ब्रान्ड ५ वर्षदेखि नेपालको दुईपांग्रे बजारमा डर्ट सेगमेन्टको रूपमा परिचित गराएको छ । त्यस बाहेक कम्पनीले कसओभर र स्क्याम्बलर सेगमेन्टहरुलाइ पनि लोकप्रिय बनाउन प्रयास गरेको छ ।

मोटरहेड बाइक नेपालको सबै भू(भागको लागि उपयुक्त हुनुको साथै यसको फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरन्स, प्रशंसनीय पिक अप पावर र आरामको लागी परिचित रहेको कम्पनीको दाबी छ । कम्पीले हालसम्म विभन्न ६ किसिमका मोटरहेड अफरोड बाइक क्रिी गर्दै आएको छ । यी बाईको मूल्इ २ लाख ९५ हजारदेखि ४ लाख ५५ हजार रुपैयाँको बीचमा रहेको कम्पनीले जनाएको छ।

एसजी समूहले इटालियन मोटरसाइकल र स्कूटरको कम्पनी तारो मोटर्सको सवारी पनि आयात गरेर बिक्री गर्दै आएको छ ।

मोटररेडले देशका मुख्य शहर तथा बजार क्षेत्रमा सेल्स, सर्भिस र स्पेयर्स पार्टस्सहित १४ ओटा डिलर तथा आउटलेटका साथ सवारी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *