१,५५८ संक्रमित थपिँदा १,३५१ कोरोनामुक्त

काठमाडौँ । नेपालमा शुक्रबार थप १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ६ सय ६५ पीसीआर परीक्षणका क्रममा १ हजार ८६ जना र ३ हजार ७ सय २० एन्टीजेन परीक्षणका क्रममा ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाउको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७१ हजार ७ सय ३४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै १ हजार ३ सय ५१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ४६ हजार ५ सय ६६ जना कोरोनासंक्रमणमुक्त भएका छन् । हाल २५ हजार ४ सय ९७ जना आइशोलेशन र २ सय ३६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *