कांग्रेसले काठमाडौँको वडा अधिवेशन असोज ५ मा

काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँको  जिल्ला अधिवेशन यहि असोज ५ गते गर्ने भएको छ । निर्वाचन अधिकृतसहितको बैठकले वडा अधिवेशन असोज ५ गते गर्ने निर्णय गरेको हो ।
जसका लागि प्रक्रिया सुरू भइसकेको नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले जानकारी दिए । शनिबारसम्म काठमाडौंका सबै वडामा निर्वाचन अधिकृत खटिने गरि काम थालिएको उनले बताए ।
काठमाडौँ महानगरसहित ११ वटा नगरपालिकाका गरी काठमाडौँ जिल्लामा कूल एक सय ३८ वडामा एकै दिन असाेज ५ गते एकैदिन वडा अधिवेशन हुने भएको हो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *