नेपालको दृढताः

‘परिवर्तनका लागि सतिसालझैँ उभिनेछौँ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू नेतृत्वको पार्टी परिवर्तनका लागि सतिसालझैँ उभिने बताएका छन् । ‘हामी आफूलाई परिवर्तनको संवाहकको रूपमा उभ्याउनेछौँ,’ शुक्रबार (आज) बानेश्वरमा पार्टीको कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले भने, ‘हामी संविधान र लोकतन्त्रको रक्षाका निम्ति उभिनेछौँ । सकारात्मक सोच राखेर अगाडि जानेछौँ ।’

नेपाली राजनीतिमा विभिन्न खाले समस्याहरू रहेको औंल्याउँदै अध्यक्ष नेपालले थपे, ‘हामीलाई थाहा छ नेपाली राजनीतिमा, नेपाली समाजमा विभिन्न खाले समस्याहरू छन् । त्यसलाई परास्त गर्दै अगाडि जानेछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *