यो साता मन्त्रिपरिषद् विस्तार गर्छाैं : नेपाल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यो साताभित्र मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री देउवाले सत्तासाझेदारी दलहरूसँग मन्त्रीको नाम मागिसकेका छन् । तर, दलहरूले मन्त्रीको नाम फाइनल गर्न सकिरहेका छैनन् ।

यसैबीच सरकारमा जाने निर्णय गरिसकेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यो साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् । एकीकृत समाजवादीले आउँदो ५ गत केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

बैठकपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने बुझिएको छ । ‘हामीले पार्टी गठन गरिसकेका छौँ,’ शुक्रबार (आज) बानेश्वरस्थित आलोकनरमा पार्टी कार्यालय उद्घाटन गर्दै नेपालले भने, ‘सरकारमा जान कुनै समस्या छैन । आज भने आज भोलि भने भोलि सरकारमा जान तयार छौँ । यो साताभित्र मन्त्रिपरिषद् थप विस्तार हुन्छ ।’

प्रदेश नं. १ र ३ मा उक्त एकीकृत समाजवादीले मुख्यमन्त्री दाबी गरिरहेको छ । कुनै पनि दिन ती प्रदेशमा मुख्यमन्त्री फेरिएको खबर आउने पनि अध्यक्ष नेपालले बताए । ‘सरकारले केही दिनभित्र पूर्णता पाउँछ । असोज ५ मा केन्द्रीय कमिटी बैठकसँगै सम्भवतः हामी सरकारमा सहभागी हुनेछौँ,’ नेपालले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *