संखुवासभा सामूहिक हत्या : आरोपित लोकबहादुरका भाइ पनि पक्राउ

काठमाडौं । संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा भएको सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यसअघि मुख्य आरोपितका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुर कार्कीका भाइ नरेशलाई पनि नियन्त्रणमा लिएको हो ।

हत्यामा ज्यान गुमाउने मध्ये एकको मोबाइल लोकबहादुरको घरबाट बरामद भएको छ । उक्त मोबाइल नरेशले लुकाएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएकाले उालाई नियन्त्रणमा लिइएको प्रदेश १ प्रहरी प्रमुख अरुण विसीले बताए । उनले भने, ‘अनुसन्धानका क्रममा उनीमाथि पनि सोधपुछ गर्नुपर्ने देखिएपछि नियन्त्रणमा लिएका हौं । थप अनुसन्धान इलाका प्रहरी कार्यालय, चैनपुरले गरिरहेको छ ।

आरोपितलोकबहादुरले हत्या आफैँले गरेको स्वीकार गरिसकेको अवस्थामा प्रहरीले उनका भाइलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाएपछि घटनामा ट्वीस्ट आएको छ । घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो। हत्या भएको पाँच दिनपछि लोकबहादुरलाई पक्रेर प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *