संखुवासभामा ६ जनाको हत्या आरोपी सार्वजनिक

काठमाडौँ । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ । मादी नगरपालिका-१ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुरलाई प्रहरीले सार्वजनिक गरेको हो ।

उनी तेजबहादुरका नातामा भतिज र छिमेकी समेत हुन् । गत सोमबार उम्लिङमा तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो ।

हत्या अनुसन्धानमा प्रदेश प्रहरी, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोली खटिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *